बिर्तामोड । हजारौं प्रतिस्पर्दिलाइ उछिन्दै रियालीटि सो सारेगमप लिटल च्याम्प को दशौं स्थानमा पुग्न सफल झापाको बिर्तामोड–२ निवासी १४ बर्षिया कृपा पौड्याल जीताउ अभियानमा जुटेको क्षितिज नाट्य समूह झापाले नगद रु १ लाख १ हजार रकम संकलन गरि अभियानका कोषाध्यक्ष कुमार पौड्याललार्इ हस्तान्तरण गरेको छ ।
प्रदेश १ कै पहिलो एेतिहासिक धरोहरका रुपमा परिचित बहुजाती बहुभाषि,बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण अभियानमा जुटेको क्षितिज नाट्य समूह झापाले आप्ना देश बिदेशमा रहेका कलाकार सदस्य हरुलाइ सामाजिक सञ्जाल मार्फत सहयोग आवाहान गर्दै सबैबाट यथा सक्य सहयोग संकलन गरि उक्तरकम हस्तान्तरण गरेको नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा कृपा जीताउ अभियान मुल समारोह समिति का सचिव झापाली युवा रंगकर्मी माधब कल्पितले जानकारी दिए ।
क्षितिज नाट्य समूह झापा अन्तर्गत क्षितिज संगित साधना प्रतिष्टान झापाको सदस्य समेत रहेकी कृपा पौड्याल ले आप्नो मात्र नभएर क्षितिज नाट्य समूह साथै सिंगो साँगितिक क्षेत्रमा झापाको शान र पहिचानलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गराउन सफल भएको हुदा उनको आगामी प्रतिष्पर्दा लाई थप हौशला र प्रेरणा प्रदान गर्न सबैबाट सहयोग संकलन गरि भोटका लागि सहयोग पुर्याएको कल्पित ले जानकारी दिएका छन्।
बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा बिर्तामोड भित्र का सबै राजनीतिक दल सामाजिक संघ संगठन तथा समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको एेक्यवद्धतामा ४५ सदस्यीय कृपा जीताउ मुल समारोह समिति गठन गरि भोटको लागि प्रचार प्रसार तथा सहयोग संकलन अभियान सुरु गरेको छ । जसमा अहिले सबै संगठित संघ संस्था तथा प्रतिष्टानहरुबाट सक्दो सहयोग संकलन भइरहेको संयोजक नगेन्द्र संग्रौलाले जानकारी दिदै साहित्य कला र संस्कृति उनयनमा स्थानिय प्रतिभाहरुलाइ हौषला र प्रेरणा प्रदान गर्ने उदेश्य मा गठित यो अभियानमा एेक्यवद्धता जाहेर गर्दै आआप्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याइ दिनु हुन सबैमा अनुरोध समेत गरेका छन् ।