Aamsanchar

जापानको एक व्यवसायीक भवनमा आगलागी, २७ जनाको मृत्यु

Author Image
शुक्रवार, पौष २, २०७८

काठमाडौ – जापानको  एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।  मध्ये ओसाकामा रहेकाे उक्त भवनमा शुक्रबार  विहान आगलागी हुँदा २७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

ओसाका फायर डिपार्टमेन्टले बिहान १० बजेर ३० मिनेटमा ओसाका स्टेशन नजिकै रहेको आठ तले व्यवसायीक भवनको चौथो तलाबाट आगलागी सुरु भएको जनाएको छ।

अहिले आगो नियन्त्रणमा आइसेको र आगलागीबारे थप अनुसन्धान जारी रहेको ओसाका प्रहरीले जनाएको छ।

 

Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर