Aamsanchar

विवाह दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरेको ३ हजार घुससहित वडा सचिव पक्राउ

Author Image
शुक्रवार, पौष २, २०७८

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ कार्यालयका वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकलाई घुससहित नियन्त्रणमा लिएको छ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरेको ३ हजार रुपैयाँ घुससहित वडा कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको हो।

वडा सचिवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर