Aamsanchar

फर्मुल्लाह मन्सुर कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा निर्वाचित

Author Image
शुक्रवार, पौष २, २०७८

काठमाडौं – नेपाली कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन्।

सभापति शेरबहादुर देउवा प्यानलका मन्सुरले डा.शेखर कोइराला प्यानलका शेख वकिललाई पराजित गरेका हुन्। मन्सुरले दुई हजार सात सय ७६ मत र शेखले एक हजार आठ सय ७१ मत प्राप्त गरेका छन्।

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा महिला सहमहामन्त्री डीना उपाध्याय, जनजाति सहमहामन्त्री भीष्मराज आङदम्बे, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भइसकेका छन्।

Views: 148

प्रतिक्रिया (०)