Aamsanchar

१३५ वर्षको उमेरमा चीनका सबैभन्दा जेष्ठ नागरिकको निधन

Author Image
शनिवार, पौष ३, २०७८

चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उनी सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएका थिए ।निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ‘उहाँ सधैँ हाँसी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो’ उनका एक आफन्तले भने । उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो । –सिन्ह्वा

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर