Aamsanchar

बिर्तामोडमा पौडेलको घर संख्या तिन सय दश

Author Image
शनिवार, पौष ३, २०७८

बिर्तामोड । बिर्तामोड ८ गरामनीमा आयोजित कार्यक्रमका बिच उत्कृष्ट बुहारीमा गिता पौडेल र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने प्रतीक्षा लक्ष्मी पौडेल र बिशाल पौडेल लाई सम्मान गरिएको छ।

यस्तै जेष्ठ नागरिक रिखेश्वरी पौडेल र उमानाथ पौडेल लाई सम्मान गरिएको छ। समितिका केन्द्रिय उपाध्यक्ष प्रल्लाद कुमार पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर उपाध्यक्ष हरि पौडेलले स्वागत गरेका थिए। समितिका अध्यक्ष कमल पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन पारश पौडेलले गरेका थिए। नगर भित्र हाल ३ सय १० घर परिवार बसोबास गर्दै आएका छन् ।

यसैबीच हरि प्रसाद पौडेलको अध्यक्षतामा समितिको नयाँ नेतृत्व पनि चयन भएको छ । जसको उपाध्यक्षमा सागर पौडेल सचिब प्रेमा पौडेल उप सचिब टंक प्र्साद पौडेल र कोषाध्यक्षमा सुश्मा पौडेल चयन भएका छन् । यस्तै सदस्यमा सुरेन्द्र ,ज्ञान बहादुर,दिपक,केदार ,जय प्रसाद,लक्ष्मी प्रसाद,निशा,बिष्णु प्रसाद,दिननाथ पौडेल चयन भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 620

प्रतिक्रिया (०)