Aamsanchar

झापाका अग्रज पत्रकार हुमागाईंले दिए राजिनामा

Author Image
आइतवार, पौष ४, २०७८

बिर्तामोड । नेपाली कांग्रेस झापाको सचिवमा निर्वाचित भएपछि अग्रज पत्रकार कृष्ण हुमागाईंले आजदेखि सक्रिय पत्रकारिता त्यागेको घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाको सभाकक्षमा आज पत्रकार सम्मेलन गरेर हुमागाईंले पत्रकार महासंघका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । हाल उनी नेपाल पत्रकार महासंघको राष्ट्रिय परिषद् सदस्य र भवन निर्माण अनुगमन समितिको सदस्य थिए ।

राजीनाम दिदै हुमागाईंले भने ‘३३ वर्षको लामो समय सम्म पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर प्रेस स्वतन्त्राको आन्दोलमा टटेर लागिरहे, झापा शाखाको भद्रपुरको भवन सम्पन्न र बिर्तामोड बसपार्कमा रहेको भवन पहिलो चरणको निर्माण सम्पन्न गराएको उर्वर उमेरमा पत्रकारिता क्षेत्रमा जे जति गर्नसकेँ, गरेको छु । अब पार्टीको राजनीतिमा समय खर्चने भएकाले पत्रकारिता क्षेत्रबाट अलग्गिएको हुँ ।’

नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, पूर्व केन्द्रीय सदस्य मोहकाजी न्यौपाने, पूर्व जिल्ला सचिव लोकराज ढकालसहितको उपस्थितिमा हुमागाईंले सक्रिय पत्रकारिता त्यागेको विज्ञप्ती वाचन गरी जिल्ला अध्यक्ष एकराज गिरीलाई राजीनामा पत्र हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर