Aamsanchar

समाजवादी निकट कर्मचारी र पेशाकर्मीहरुको झापा जिल्ला कमिटी गठन

Author Image
आइतवार, पौष ४, २०७८

बिर्तामोड । नेकपा (एकीकृत समाजवादी )  निकट कर्मचारी र पेशाकर्मीहरुको जिल्ला कमिटी गठन गरिएको छ ।

कनकाईस्थित धनुसकोटी घाममा आयोजित भेलाले एकै दिन दुई वटा कमिटी गठन गरेको हो । त्यसक्रममा गठित नेपाल निजामती कर्मचारी संगठनको झापा जिल्ला अध्यक्षमा निरोज कट्टेल रहेका छन भने पेशागत महासङको जिल्ला अध्यक्षमा तुलसी निरौला चयन भएका छन ।

नेकपा (एकीकृत समाजवादी)  झापा जिल्ला कमिटीका अध्यक्ष बेदराज रेग्मीको प्रमुख आतिथ्यमा भएको भेलाले गठन गरेको नेपाल निजामती कर्मचारी संगठन झापाको उपाध्यक्षमा प्रतीक्षा शाह, इन्दु खबास, सचिबमा पोषराज पोखरेल, सह सचिबमा यादब पोखरेल र सदस्यहरुमा रोहित महत, कबिराज गिरी,शर्मिला सेढाई, रामनारायण शर्मा, जयप्रसाद यादब, विकास ढकाल र मुकुन्द शिवाकोटी रहेका छन् ।

यसैगरी तुलसी निरौलाको अध्यक्षतामा गठित पेशागत महासङको उपाध्यक्षमा पुन्य अर्याल, सचिबमा मोहन ढकाल, सह सचिबमा खेमनाथ गुरागाई र सदस्यहरुमा वविता भट्टराई, शुवर्ण भट्टराई, ज्ञानबहादुर कार्की, किशोर सङ्रौला, टिकाराम उप्रेती, किशोर उपरकोटी र उमेश भारती छन । महासंघको सल्लाहकारमा किशोर खनाल, तीर्थ सिग्देल र सोमनाथ गुरागाई छन् ।

पेशागत महासंघ केन्द्रीय सदस्य तथा झापा इन्चार्ज मदन खतिवडाको अध्यक्षतामा भएको भेलामा पार्टी जिल्ला अध्यक्ष बेदराज रेग्मी, आधिकारिक ट्रेड युनियनका कावा अध्यक्ष भोला पोखरेल,निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भुवन सुब्बा, समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष तीर्थ सिग्देल, महासंघका प्रदेस सह इन्चार्ज केन्द्र प्रसाईं, प्रगतिशील शिक्षक संगठनका केन्द्रीय सदस्य भिम दाहालले विशेष मन्तव्य सहित शुभकामना ब्यक्त गरेका थिए ।

प्रगतिशील शिक्षक संगठनकि उप महासचिव शुभद्रा भट्टराईले सन्चालन गरेको भेलामा स्वागत शिक्षक नेत्री तथा पार्टी केन्द्रीय सदस्य शारदा घिमिरेले ब्यक्त गरेका थिए । भेलामा कर्मचारी संगठनका नेताहरु प्रकाश राई, चेतनाथ न्यौपानेलगायतको उपस्थिती थियो ।

Views: 209

प्रतिक्रिया (०)