Aamsanchar

नेपालमा काेराेनाका सकृय संक्रमित साढे ५ हजार भन्दा कम

Author Image
आइतवार, पौष ४, २०७८

काठमाडौं -पछिल्लो २४ घन्टामा देशभर १ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ७२ जनामा गरिएको परीक्षणपछि १ सय ८१ जना संक्रमित थपिएका हुन्।

यस्तै आज २ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ७१ जना सक्रिय संक्रमित छन्।

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर