Aamsanchar

दुईसय २० जना बृद्धबृद्धाको तर्फबाट दुर्गा प्रसाईंलाई सम्मान, भवन बनाईदिने दाताको खोजिमा जेष्ठ नागरिक

Author Image
आइतवार, पौष ४, २०७८

बिर्तामोड । जेष्ठ नागरिक पुरानो चौतारी अर्जुनधारा–५ बैशावारीले दुईसय २० जना बृद्धबृद्धालाई सम्मान गरेको छ । चौतारीले आइतवार बैशावारीमा नागरिक अभिनन्दन तथा बार्षिकोत्सव कार्यक्रमको आयोजना गरी बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सोही कार्यक्रममा सामाजिक, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै झापा बिर्तामोडको बीएण्डसी शिक्षण अस्पताल तथा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई नागरिक अभिनन्दन समेत गरिएको थियो ।

चौतारीका अध्यक्ष जीवनकुमार खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रसाईलाई सम्मानपत्रले नागरिक अभिनन्दन गरिएको थियो ।

उमाकान्त निरौला र टीकादेवी निरनैलासहित निरौला परिवाले चौतारीको भवनका लागि प्रदान गरेको एक कठ्ठा जग्गामा उक्त स्थानका बृद्धबृद्धाका लागि भवन निर्माण गर्न आफुले सहयोग गर्ने प्रसाईले बताएका छन् ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका अध्यक्ष ध्यानबहादुर भारती, समाजसेवी राजेन्द्र थापा, प्रमुख अतिथि प्रसाईलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, एकसय बर्ष पूरा गरेका मुक्तिनाथ खतिवडा, समाजसेवी अमरदीप भेटवाल, पूर्व शिक्षक लेखनाथ भट्टराईलगायतको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा दोसल्ला र खाजाको सौजन्य कुमार थापा तथा परिवारले गरेका थिए । त्यस्तै मनोरथ पाठक र पुन्यकुमारी पाठकले जेष्ठ नागरिक सम्मान कार्यक्रमका लागि १५ हजार रुपैयाँ प्रदान गरेको कार्यक्रम संयोजक ओमप्रकाश लुइटेलले जानकारी दिए ।

कार्यक्रमको संयोजन स्थानीय टोलविकास समितिका अध्यक्ष ओमप्रकाश लुइटेलले गरेको कार्यक्रममा स्वागत स्थानीय हेमराज सापकोटाले रसञ्चालन दिल्ली सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)