Aamsanchar

मौसम पूर्वानुमान महाशाखाद्वारा २४ घण्टे चेतावनी जारी

Author Image
सोमवार, पौष ५, २०७८

मौसम पूर्वानुमान महाशाखाले दिनदिनै २४ घण्टे चेतावनी जारी गर्न थालेको छ । यसै क्रममा आज (सोमबार) बिहान ६ बजे महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ स् तराईका भूभागममा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।

काठमाडौं उपत्यकामा निकै चिसो बढ्यो

मौसमविद् मञ्जु बासीले दिएको जानकारीअनुसार आज बिहान पौने ६ बजेको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ३.६ डिग्री सेल्सियस छ। देशका अन्य स्थानका न्यूनतम तापक्रम भने अहिले बिहान पौने ९ बजे प्रकाशन हुनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। यतिबेला पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (बिहान १० र ११ बजेदेखि साँझ ६ बजेसम्म) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति (साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) देशभर मौसम आंशिक बदली रहनेछ।

Views: 455

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२