Aamsanchar

कुटपिट गरी श्रीमतीको हत्या गर्ने पक्राउ

Author Image
सोमवार, पौष ५, २०७८

भक्तपुर –सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्। भोजपुरको केराबारी घर भई तज टोलमा बस्दै आएका २८ वर्षीय जीवन राईले आइतवार राति २५ वर्षीया मन्दिरा राईलाई हत्या गरेको प्रहरीले बताएको छ।

हत्यापछि फरार भएका जीवनलाई सोमवार बिहान नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

एक फोहोर उठाउने सफाइ केन्द्रमा कार्यरत राई दम्पतीले आइतवार साँझ मदिरा सेवन गरी झगडा गरेको अनुसन्धानमा खुल्न आएको पाण्डेले बताए। झगडा गर्ने क्रममा जीवनको कुटाइबाट घाइते भएका मन्दिरा बिहान मृत फेला परेको हो। श्रीमतीको मृत्युपछि फरार रहेका जीवनलाई घटनास्थल नजिकै आफन्तको बसिरहेको अवस्थामा लोकेसन ट्रयाक गरी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

राई दम्पतीका सात वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ। नियन्त्रणमा लिएका जीवनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर