Aamsanchar

बी एण्ड सीद्वारा खुदुनाबारीका दुई सय ३ परिवारलाई निशुल्क स्वास्थ्य विमामा जोडिने अबसर प्राप्त

Author Image
सोमवार, पौष ५, २०७८

अर्जुनधारा । झापाको बिर्तामोडमा रहेको बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालले निशुल्क उपलब्ध गराएको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत अर्जुनधारा–१ र २ नम्बर वडाका १ सय ३ जना सर्वसाधारणले विमा विमित हुने अबसर प्राप्त गरेका छन् ।
आज (सोमबार) खुदुनाबारी स्थित कैदलेमा आयोजित विमा कार्ड वितरण कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विमा कार्ड वितरण गरेका थिए ।
आर्थिक अभावका कारण सिटामल सम्म किनेर खान नसक्ने अवस्थाका अति विपन्न परिवारलाई सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य विमा गराई दिएको अस्पतालका प्रवक्ता प्रोमिश गिरीले जानकारी दिए ।

स्वास्थ्य विमा कार्ड ग्रहण गर्दै स्थानिय मानबहादुर दर्जी, वितरण गर्दै कार्यकारी निर्देशक दुर्गा प्रसाईं ।

यस अघी पनि सोही ठाउँमा १ सय परिवारको विमा गराई दिएको र छिमेकी जिल्ला इलामको माई नगरपालिका स्थित थाक्लेमा दुईसय परिवार गरि हाल सम्ममा ४ सय ३ जनाको विमा गरिएको छ, एक परिवारको रु ३५ सयका दरले हाल सम्ममा १ करोड ४१ लाख ५ सय रुपियाँ विपन्न समुदायको लागि खर्च गरिएको प्रवक्ता गिरीले बताए ।

विमा मार्फत १ बर्ष भित्र १ लाख सम्मको औषधि उपचार खर्च उपलव्ध हुने नीति रहेको छ ।

अभियान नेपालको सहजीकरणमा विमा कार्ड वितरण गरिएको थियो । कार्यक्रममा अभियान नेपालका अध्यक्ष लोकमान श्रेष्ठ, संविधान सभा सदस्य प्रेम गिरी लगायतले अस्पतालले गरेको सामाजिक कार्यको प्रशंषा गरेका थिए । सो अबसरमा कार्यकारी निर्देशक प्रसाईंले स्थानिय शिवालय मन्दिरका लागि शिव र दुर्गाको मुर्ती उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)