Aamsanchar

गाईवस्तु चोरद्वारा ३८ गाउँलेको हत्या

Author Image
सोमवार, पौष ५, २०७८

  कडुना : उत्तरी नाइजेरियामा गाईवस्तु चोरहरुको समूहले ३८ गाउँलेको हत्या गरेका छन् । उत्तरी नाइजेरियाको कडुना प्रान्तमा बन्दुकधारी चोरहरुको समूहले विभिन्न तीनवटा गाउँका ३८ गाउँलेको हत्या गरेका हुन् ।सो घटना प्रान्तको कौरान फवा, रिहेया र गिवा गाउँमा भएको हो। सो क्षेत्रहरुमा बन्दुकधारी गाईवस्तु चोरहरुको समूहले २४ घण्टामा ३८ स्थानीयको हत्या गरेको सुरक्षा निकायले जानकारी दिएको छ।सो घटना पछिल्लो समयको सबैभन्दा खराब रक्तपात भएको कडुना प्रान्तका आन्तरिक मामलाका आयुक्त स्यामुअल अरुवानले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर