Aamsanchar

‘ए’ डिभिजन लिग फुटबल : एपीएफद्वारा फ्रेन्ड्स पराजित

Author Image
सोमवार, पौष ५, २०७८

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा आज साेमवार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई तीन–एक गोलले हरायो । एपीएफको जितमा आशिष लामाले दुई र विकी तामाङले एक गोल गरे । फ्रेन्ड्सका लागि प्रिजेन तामाङले सान्त्वना गोल फर्काए ।

आजको जितसँगै एपीएफ रेलिगेशन जोनबाट माथि उठ्दै चार अङ्कका साथ ११ औँ स्थानमा पुगेको छ । दुई अङ्क रहेको फ्रेन्ड्स पुछारमा रहेको छ ।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर