Aamsanchar

२१ महिने बालिकाको हत्या आरोपमा मोरङबाट एक दम्पतीलाई पक्राउ

Author Image
मङ्गलवार, पौष ६, २०७८

विराटनगर : २१  महिने बालिकाको हत्याको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। गत मंसिरमा मोरङको रंगेली नगरपालिका–२ का युनिशा उराँवलाई हत्या गरी खाडलमा गाडेको आरोपमा ४६ वर्षीय सैनी उराँव र २५ वर्षीय संगीता उराँप पक्राउ परेका हुन्।

उराँव दम्पती मृतकका नातामा फुप र फुपाजु रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बालिकाको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरी सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा थप लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

युनिशा २६ मंसिरमा हराएकी थिइन्। हराएको तीन दिनपछि घरदेखि करिब १ सय मिटर टाढा २ फिट गहिरो खाडलमा शव भेटिएको थियो। बालिका हत्या गर्नुको कारण भने खुलिनसकेको डिएसपी श्रेष्ठले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर