Aamsanchar

मलेसियामा बाढी : कम्तीमा आठ जनाको मृत्यु

Author Image
मङ्गलवार, पौष ६, २०७८

  क्वालालाम्पुर  ः मलेसियामा बाढीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । गत शुक्रबारदेखिको अविरल वर्षाका कारण कयौं विस्तापित भएका छन् । प्रभावकारी ढंगले उद्दार नगरेको भन्दै विपक्षी दलले त्यहाँको सरकारको कडा आलोचना गरेको छ ।

बाढीका कारण त्यहाँका बिजुली, टेलिफोन लगायत आपतकालिन सेवाहरु अवरुद्द भएका छन् । सबै भन्दा बढी मलेसियाको सेलाङ्गार क्षेत्र प्रभावित भएको छ ।

त्यहाँ २१ हजार भन्दा बढी स्थानीय विस्थापित भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुमा समाचार छन् । मलेसिया सररकारले उद्दारका लागि सेना परिचालन गरेको छ ।

Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर