Aamsanchar

साफमा उपविजेता बनेको नेपाली फुटबल टोलीका सदस्यलाई जनही ५ लाख प्रदान

Author Image
मङ्गलवार, पौष ६, २०७८

काठमाडौं –माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली फुटबल टोलीका सदस्यलाई सरकारले पूर्वघोषित जनही पाँच लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली फुटबल टोलीलाई नगद पुरस्कार प्रदान गरेका हुन् ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल भारतसँग फाइनलमा १–० ले पराजित भएको थियो । नेपालले प्रतियोगितामा पहिलोपटक फाइनल खेलेको थियो ।

गएको कात्तिक १ गते सम्पन्न मन्त्रिपरिषद्को बैठकले फुटबल खेलाडीलाई जनही पाँच लाख र प्रशिक्षण टिमका सदस्यलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो ।कार्यक्रममा मुख्य प्रशिक्षक अब्दु्ल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङ भने उपस्थित भएनन् । किरण माल्दिभ्समा व्यावसायिक फुटबल खेल्न गएका छन् भने प्रशिक्षक अब्दुल्लाह स्वदेशमा छन् ।साफमा नेपाली टोली 
किरण चेम्जोङ (कप्तान), सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, सुनील बल, दिनेश राजवंशी, सुरजज्यु ठकुरी, नितिन थापा, विशाल राई, सुमन अर्याल, गौतम श्रेष्ठ, तेज तामाङ, पुजन उपरकोटी, सुमन लामा, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, मनीष डाँगी, कमल थापा र दीप कार्की ।
प्रशिक्षक : अब्दुल्लाह अल्मुताइरी
सहायक प्रशिक्षक : किरण श्रेष्ठ
गोलकिपर प्रशिक्षक : विकाश मल्ल
फिजियो : अविष्कार पुडासैनी
टिम व्यवस्थापक : मधुसूदन उपाध्याय ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 516

प्रतिक्रिया (०)

सम्बन्धित खबर