Aamsanchar

मिलन पाण्डेलाई विवेकशील साझा पार्टीबाट निष्काशनको घोषणा

Author Image
मङ्गलवार, पौष ६, २०७८

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् । यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो भने त्यसको जवाफ पनि चित्तबुझ्दो नआएको मिश्रले पाण्डेलाई निष्काशन गरेको बारेको पत्रमा उल्लेख छ ।  उनलाई मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको हो ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर