Aamsanchar

चीनमा अण्डाभित्र सुरक्षित रहेको डाइनासोरको भ्रुण फेला

Author Image
बुधवार, पौष ७, २०७८

 

काठमाडौं –चीनमा अण्डाभित्र सुरक्षित रहेको डाइनासोरको भ्रुण भेटिएको छ। परिपक्व भएर अण्डाबाट बाहिर आउने अवस्थामा रहेको भ्रुणको जिवाश्म भेटिएको बीबीसीले उल्लेख गरेको छ।

यो भ्रुण ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुसन्धाताले अनुमान गरेका छन्। यो भ्रुण दाँत नभएको थेरापोड डाइनासोर वा ओभिर्याप्टोरोससको हुनसक्ने विश्वास गरिएको छ। अनुसन्धाता डा फियोन वासम माले यो भ्रुणलाई इतिहासमै अहिलेसम्म भेटाइएका भ्रुणमध्ये सबैभन्दा सुरक्षित अवस्थामा रहेको बताएका छन्।

 

यो भ्रुणको खोजसँगै डाइनासोर र आधुनिक चराबीचको सम्बन्ध पहिल्याउन वैज्ञानिकहरुलाई झनै सजिलो हुने बताइएको छ। भ्रुणको जिवाश्मको अवस्थिति अण्डाबाट निस्किने अवस्थामा पुगेको चराको जस्तै घुमाउरो भएको देखिएको छ। यो जिवाश्मको लम्बाइ टाउकोदेखि पुच्छरसम्म २७ सेन्टिमिटर रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 627

प्रतिक्रिया (०)

सम्बन्धित खबर