Aamsanchar

म्यानमारको एक खानीमा पहिरो, एक जनाको मृत्यु, ७० बेपत्ता

Author Image
बुधवार, पौष ७, २०७८

काठमाडौं-  म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक जनाको मृत्यु भएको पुष्टि भएको उद्धार टोलीका एक सदस्यले बताएका छन् ।

काचिन राज्यको हपाकान्त खानीमा बिहान ४ बजेतिर गएको पहिरोमा परी करिब ७०/१०० जना बेपत्ता भएका छन् । घटनास्थलमा अहिले उद्धारकार्य जारी छ । –एजेन्सी

Views: 752

प्रतिक्रिया (०)

सम्बन्धित खबर