Aamsanchar

प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज मुख्यमन्त्री राईलाई बुझाइने

Author Image
बुधवार, पौष ७, २०७८

विराटनगर – प्रदेश नम्बर–१ सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित समितिको प्रतिवेदन आज मुख्यमन्त्री राजेन्द्र राईलाई बुझाइने भएको छ । कार्यक्रम तयार गर्न गठित पाँचदलीय कार्यदलले कार्यक्रमको मस्यौदा तयार गरेर आज बुझाउने तय भएको संयोजक तथा नेपाली कांग्रेसका प्रदेश सांसद शेखरचन्द्र थापाले जानकारी दिए ।

 

नेकपा (एमाले) विभाजन भई राईको नेतृत्वमा सरकार गठन भएपछि सरकारको कार्यक्रम तय गर्न थापाको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । जनताले अपेक्षा गरेका कार्यक्रमलाई समेटेर तयार भएको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने थापाले बताए ।

कार्यदलमा नेकपा (एकीकृत समाजवादी०का सांसद राजन राई, नेकपा (माओवादी केन्द्र)का सांसद धीरेन्द्र शर्मा, जनता समाजवादी पार्टी (जसपा)का रामचन्द्र लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पार्टी प्रतिनिधि अशोक चेम्जोङ र डा। पूर्ण लोक्सोम सदस्यसचिव छन् ।

Views: 255

प्रतिक्रिया (०)