Aamsanchar

मानवीय सेवाको लागि विराटनगरमा ‘च्यारिटी सो’ हुने

Author Image
बुधवार, पौष ७, २०७८

विराटनगर । थालासेमिया पिडित बिरामीको उपचारका लागि आउँदो पौष ९ गते मोरङको विराटनगरमा ‘च्यारिटी सो’ हुने भएको छ ।

क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ हुने भएको हो । बुधबार विराट नर्सिङ होम छेउ लायन्स क्लब भवनमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रम बारे जानकारी दिएको छ । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि १०५ जना थालासेमिया पिडित बिरामीहरु आयोजकको सम्पर्कमा आएका छन् । आयोजकले सम्पर्कमा आएका बिरामीहरुमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको जनाएको छ । त्यसपछि कार्यक्रमबाट संकलित रकम आधारमा बाँकी बिरामीहरुको पनि स्वास्थ्य बिमा गरिदिने तयारी रहेको आयोजक कम्पनीका अध्यक्ष भुवन दाहालले बताए । उनले प्रारम्भिक चरणमा निम्नवर्गीय २० परिवारको स्वास्थ्य बिमाका लागि ७० हजार रुँपैया खर्च हुने जानकारी दिए ।

आवर प्रोडक्सन कम्पनीको आयोजनामा हुन गईरहेको उक्त कार्यक्रमले बिरामीको उपचारका साथै ढाकाबाट बनेका तयारी पोेशाक र ‘फेशन वेयर’ को प्रर्वद्धन गर्ने लक्ष्य समेत लिएको छ । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेका चर्चित मोडेलहरुले उक्त पोशाक पहिरिएर प्रर्दशन गर्नेछन् । त्यसका लागि आयोजकले विराटनगरको तनश्का बुटिक, इटहरीको व्हाइट फिदर र ओएसटी डेनिमलाई फेशनसँग सहकार्य गरेको छ ।

कार्यक्रममा मेलोडियस क्विनकोे उपनामले चर्चित गायिका तृष्णा गुरुङको साङ्गितिक प्रस्तुती समेत रहेको आयोजकले जनाएको छ । यसका अतिरिक्त कार्यक्रममा चर्चित नायिका परामिता राज्य लक्ष्मी राणा, मिस युनिभर्स २०२० रनरअप रक्षा उप्रेती, मिस्टर इन्टरनेशनल नेपाल साजिद आलम र चर्चित मोडेल विनोद खड्का सहित चर्चित कलाकारहरुको उपस्थिति रहने छ ।

आयोजकले भने दिनको ४ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन रु. १ हजारका दरले टिकट अनिवार्य गरेको छ । टिकटका लागि ९८०७९३८२०० र ९८६२५००१३४ मा सम्पर्क गर्न सकिने आयोजक कम्पनीका अध्यक्ष दाहालले जानकारी दिए ।

आयोजकले भने कार्यक्रमको प्रमुख अतिथीमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई आमन्त्रण गर्ने तयारी गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर