Aamsanchar

नेपाली शब्दकोषमा आफ्नो जातीलाई अपमान गरिएको भनेर झापामा सन्थाल जाती आन्दोलित

Author Image
बुधवार, पौष ७, २०७८

भद्रपुर । सन्थाल जातीलाई सतार भनि गलत ब्याख्या तथा उपब्याख्या गरिएको भन्दै रिलोमाला सन्थाली आख्डा नेपालले आपत्ति जनाएको छ ।

रिलोमालाले बुधवार(आज) झापाको चन्द्रगढीमा शान्तिपूर्ण र्याली गर्दै नेपाली शब्द भण्डारमा सन्थाल र सतार एउटै हो जसको अर्थ लाजपचेको, नकचरो, लबस्तरो लेखिएको जनाउँदै त्यसलाई सच्याउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो ।

कार्यक्रममा झापाका विभिन्न नगर तथा गाउँपालिकाबाट तथा मोरङ र सुनसरीबाट आएका सन्थालीहरुले बिभिन्न प्लेकार्डसहित सयौको संख्यामा विरोध तथा र्याली गरेका थिए ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय झापा मार्फत त्यस्ता शब्द सच्याउन सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरुले चन्द्रगढीस्थित लेखानाथ चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म शान्तिपूर्ण विरोध र्याली गर्दै ८ सुत्रिय मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना मार्फत सरकारलाई बुझाएका छन् ।

‘सामान्य ज्ञानको पुस्तकमा पनि ससुरा मर्दा बुहारीसमेत विधुवा हुने जात कुन हो ?’ सतार हो भन्ने जस्ता गलत ज्ञान दिएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । लोकसेवा, सामान्य ज्ञानको कितावलगायत धेरै कितावहरुमा सन्थाल जातीको वारेमा अध्ययन नगरी तथा सम्बन्धित जातीको संघ/संस्थालाई नसोधि लेखिएको पाइएको रिलोमाला सन्थाली आख्डा नेपालका अध्यक्ष श्यामलाल बेस्राले बताए ।

उनीहरुले बुझाएको ज्ञापनपत्रमा भएको ८ सुत्रिय मागमा भनिएको छ जातमा सन्थाल, भाषामा सन्थाली, लिपिमा अलचिकी र धर्ममा सारना हुनुपर्ने, सम्बन्धित निकायले गतल शब्द सतार हटाउनु पर्ने, सतार शब्दलाई कहिकतै उल्लेख गर्न नहुने, २०७८ को जनगणना तथ्याङ्कलाई आधार बनाएर सन्थाल जातीको वारेमा प्रकाशित लेख, रचना, पुस्तक, सामान्य ज्ञान, लोकसेवा आयोगको पुस्तकमा पहिचान र अस्तित्व स्पष्ट रुपमा हुनुपर्ने छन् ।

नेपाली शब्दकोषमा यस्तो लेखिएको छ ।

त्यस्तै विभिन्न पुस्तकमा सुझबुझ विना लेखिएकोप्रति घोर विरोध र आपत्ति रहेको, आदिवासी भनेर नागरिकता दिदा सवाल जवाफ गरिने भएकाले सहज तरिकाले नागरिकता पाउनु पर्ने, सन्थाल जाती भित्र वेसरा, मुर्मु, मर्डी, सोरेन, हस्दा, बास्के, हेमरम, चोणे, पौरिया, किस्कु, टुडु र वेदिया हुनु पर्ने, जुन शब्दको नामले सन्थालहरुको पहिचान र अस्तित्व र इतिहास झल्काउछ त्यस्ता क्षेत्र र स्थानको संरक्षण गर्नुपर्नेलगायतका मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

झापा, मोरङ र सुनसरीमा बसोवास रहेको सन्थाल जातीको २०६८ को जनगणना तथ्याङ्क अनुसार ५१ हजार ७ सय ३५ जनसंख्या रहेको रिलेमालाका सचिव हखन हस्ताले जानकारी दिए छ ।

प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाउदै सन्ताली यूवा अगुवाहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)