Aamsanchar

सेन्ट्रल जाेन भलिबलमा नेपाली महिला टाेलीद्वारा श्रीलङ्का पराजित

Author Image
बिहिवार, पौष ८, २०७८

काठमाण्डाै – बङ्गलादेशमा आज बिहीवारदेखि सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ ।

डिफेन्डिङ च्याम्पियन नेपालले श्रीलङ्कालाई तीन–दुईको सेटमा हरायो । लगातार दुई सेटमा पराजय भोगेको नेपाली टाेलीले पछिल्ला तीन सेट जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट २१–२५ ले गुमाएकाे थियो । तर तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा फर्कने सङ्केत गरेको थियो । चौथो सेट पनि २५–१९ ले नेपालले जितेपछि खेलको नतिजा अन्तिम पाँचौँ सेटबाट निकाल्न परेको थियो । पाँचाैँ सेट नेपालले १५–१३ ले जित्याे ।

यस्तै आजै बेलुका पौने ५ बजे पुरुष टोलीले आयोजक बङ्गलादेशसँग खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर