Aamsanchar

भुजेल जातिलाई खस आर्यको सूचीमा समावेश गरेकोमा भुजेल समाजद्वारा आयोगको ध्यानाकर्षण

Author Image
शुक्रवार, पौष ९, २०७८

राष्ट्रिय समावेशी आयोगले घर्ति र भुजेल जातीलाई खस आर्य सूचीमा राखेकोप्रति भुजेल समाज सेवा समितिले एक विज्ञप्ति जारी गर्दै आयोगको ध्यानाकर्षण गराएको छ ।

समावेशी आयोगले खस आर्य अन्तर्गत सूचीकृत भएका थर र गोत्र समुदायको विवरण सार्वजनिक गर्दा भुजेल र घर्तिलाई खस आर्य (क्षेत्री) जातिमा सूचीकृत गरी सूची सार्वजनिक गरेको छ । मिति समेत उल्लेख नगरी आयोगले आफ्नो आधिकारिक वेभसाइट मार्फत खस आर्यको थर र गोत्र सार्वजनिक गरेको हो ।

भुजेल समाज सेवा समितिका केन्द्रिय महासचिव पान बहादुर घर्तीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारले छुट्टै भेषभुषा, भाषा, संस्कृति, रहनसहन, ऐतिहाँसिक थाकथलो भएको घर्ती र भुजेल जातीलाई नेपाल सरकारले आदिवासी जनजातीमा सूचीकृत गरेको जाती भएको उल्लेख गरिएको छ । नेपाल सरकारको आदिवासि जनजाती सरोकारका विषयमा हेर्ने निकाय आदिवासि जनजाती उत्थान प्रतिष्ठानको संचालक परिषदमा लामो समय देखि प्रतिनिधित्व गर्दै सहभागी हुँदै आएको उल्लेख गरिएको छ । ‘नेपालको कानून अन्तर्गतको अल्पसंख्यक तथा सिमान्तकृत घर्तिरभुजेल जातिको पहिचान मेटाउने कार्य सम्पूर्ण आदिवासी जनजातिलाई सह्य नहुने र त्यसको कडा प्रतिकारमा उत्रने विज्ञप्तिमा भनिएको छ’–‘यथाशिघ्र तथ्य परक विवरण सच्याई पुनः सूची प्रकाशन गर्न भुजेल समाज सेवा समिति केन्द्रीय समिती जोडदार माग गर्दछ ।’

आयोग द्वारा प्रकाशित विवरणको क्रम संख्या ७६, ७७ र ७८ मा घर्ति र क्रम संख्या २७१ मा भुजेल जातीलाई अलगअलग समुदाय भनी समावेश गरिएकोमा समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारको संवैधानिक निकाय नेपाल आदिवासी जनजाती आयोगबाट सूचीकृत ५९ जातीमा घर्ति र भुजेल जाती पनि पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 969

प्रतिक्रिया (०)