Aamsanchar

माइनस ६ डिग्रीको चिसोमा ओडारमै बसेका चेतेलाई राहत दिइयाे

Author Image
शुक्रवार, पौष ९, २०७८

जुम्ला : जुम्लाको तापक्रम माइनस ६ डिग्रीको चिसोमा ओडारमै बसेका चेते कुलाललाई राहत दिइएको छ। पन्ध्र वर्षदेखि ओडारमा बस्दै आएका कुलाललाई न्यानो कपडा र आवश्यक खाद्यान्न दिइएको हो।

कुलाललाई रात पर्नेबित्तिकै कसरी न्यानो गर्ने चिन्ता छ भने बिहान उठ्नेबितिकै केले भोक मेटाउने भन्ने चिन्ता छ। यस्ता न्यून आय भएका व्यक्तिका लागि स्थानीय सरकाले दिगो व्यवस्थापनका लागि कुनै पहल गरेको पाइँदैन।

चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका अन्दाजी ५६ वर्षीय चेतेको १५ वर्षदेखि ओडारमै वास छ। उनी घरवारविहीन व्यक्ति हुन्। उनीसँग सम्पत्तिको नाममा फाटेको कम्बल थियो।

उनी बिहान बेलुका छाक टार्नका लागि सडकमा भौतारिदै हिँड्ने गरेका थिए। उनी लामो समयदेखि ओडारमै बसेको र स्थानीय सरकाले व्यवस्थापन नगरेको विषयमा जनगुनासो आएको थियो।

गाउँमा स्थानीय सरकार आएको झण्डै ५ वर्ष पुग्न लागेको छ। वडाले पनि उनी वर्षौंदेखि गाँसवासको खोजीमा भौतारिएको देखेको छैन।

यो सूचना पत्रकार महासंघले पाएपछि उनको अवस्था बुझ्न बुधबार बिहान महासंघको टोली उनी बसेको ओडारमा पुगेको थियो।

राहत नपाएको खबर पाएपछि स्थानीय प्रशासनलाई कोरोना पीडित विपन्नलाई सहयोग गर्ने राहत कार्यक्रम सहयोग गरेको आइएनएफ नेपालले शुक्रबार खाद्यान्न र कम्बल सहयोग गरेको हो।

आइएनएफ नेपालले शुक्रबार ओडारमै पुगेर १० हजार बराबरको राहत दिएको कोभिड राहत वितरण कार्यक्रममा संयोजक फालुरा चौधरीले बताए। उनले भने, ‘दाल, चामल,तेल, चिनी लगायत राहत दिइएको हो।’

यस्तै जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले चेते कुलालको नागरिकता तत्काल दिइने बताए। उनले चेतेलाई नागरिकता दिने बताए।

चेतेलाई तत्कालीन राहत मात्रै आवश्यक छैन, उनलाई दीर्घकालीन आवासका लागि सरोकारवाला गम्भीर भएर लाग्ने बताए।

त्यहाँ स्थानीय युवा रबिन कुलालले पाउनैपर्ने व्यक्तिले राहत नपाएको भन्दै गुनासो गरे।

त्यस्तै चन्दननाथ–१ का अध्यक्ष जयबहादुर रावलले चेते कुलालको दिगो व्यवस्थापनका लागि वडा तयार भएको बताए। उनले भने, ‘चेते कुलालको नागरिकता नभएका कारण व्यवस्थापनमा समस्या आएको छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 528

प्रतिक्रिया (०)

सम्बन्धित खबर