Aamsanchar

पदाधिकारीको संख्या १५ बनाउने तयारीमा माओवादी

Author Image
शनिवार, पौष १०, २०७८

नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ। पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिएपनि संख्या नतोकिएको सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले शुक्रबारको स्थायी कमिटी बैठकमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् ।

विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार अध्यक्षमात्रै ७ जना रहने प्रस्ताव गरिएको एक नेताले बताए । यस्तै सचिवको संख्या पनि बढ्ने बताइएको छ ।
शनिबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारीको संख्या टुंगो लगाउने ती नेताको भनाइ छ । माओवादीको राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुँदैछ ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर