Aamsanchar

५० लाख सिरिञ्ज नेपाल आएसँगै सबै प्रदेशमा पठाउने तयारी

Author Image
शनिवार, पौष १०, २०७८

काठमाण्डाै – सरकारले सबै प्रदेशमा सिरिञ्ज पठाउने तयारी गरेको छ । हिजो काेलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेको हो । यो सिरिञ्ज युनिसेफको सहयोगमा आएको हो । अब सबै प्रदेशमा पठाइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा रहेको छ । तर देशका कतिपय ठाउँमा सिरिञ्जको अभावका कारण खोप कार्यक्रम प्रभावित भएको थियो ।

सिरिञ्ज अभावमा प्रदेश-१ का सुनसरी, झापा र मोरङ बाहेकका ठाउँमा  खोप अभियान नै प्रभावित बनेको थियो । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ । तर सिरिञ्ज आइसकेको र पठाएपछि खोप कार्यक्रम नियमित हुने डा.चौरासियाले बताउनुभयो ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर