Aamsanchar

देउवासँग हारेका कोइरालाको वरियता २०औँ नम्बरमा

Author Image
शनिवार, पौष १०, २०७८

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाको वरियता २०औँ नम्बरमा तोकिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा पराजित भएका कोइरालाको वरियता २०औँ नम्बर कायम गरेका हुन्।सभापति देउवाले तोकेको वरियताअनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो। नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन्। त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापा रहेका छन्।

Views: 130

प्रतिक्रिया (०)