Aamsanchar

झापा, इलाम र माेरङ्सहित देशका विभिन्न जिल्लामा ९ जना मृत फेला

Author Image
शनिवार, पौष १०, २०७८

काठमाडौं – देशमा विभिन्न क्षेत्रमा मृत अवस्थामा नौजना फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका-४ लप्सीफेदीस्थित शालीनदीमा कागेश्वरी मनोहरा नगरपालिका-१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल छन्।

यस्तै इलामको इलाम नगरपालिका-४ पुवाखोला बजार बस्ने ३४ वर्षीय बिरु भन्ने हर्कबहादुर लिम्बु सोही ठाउँस्थित पानीको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

झापाको भद्रपुर नगरपालिका-२ बस्ने २८ वर्षीय कमलसिंह तामाङ सोही नगरपालिका-१ सातलाखे बाँधस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै बाराको कोल्हबी नगरपालिका-७ मौहासपुरस्थित गेरकाही खोलामा सोही ठाउँ बस्ने ४० वर्षीय बहुदली मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका-१ शान्ति टोल बस्ने ३३ वर्षीया कल्पना राई आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका-९ स्थित महमत फर्निचर पसलमा रंग लगाउने काम गर्ने मोरङ कटहरी गाउँपालिका-१ बस्ने ५५ वर्षीय निर्मल राय सोही पसलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी पर्साको ठोरी गाउँपालिका-३ सिक्कारी बाँस बस्ने ६४ वर्षीय भगन महतो सोही ठाउँस्थित खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै मोरङको जहदा गाउँपालिका-१ लंकाटोल बस्ने ७० वर्षीया गोलियादेवी बैठा सोही गाउँपालिका लंकाटोलको दशगजास्थित पारिपट्टी पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

त्यसैगरी नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका-१२ कुनुवार बस्ने टिमल हरिजनको गोठमा भारत महाराजगञ्ज थाना निचलौल टिकुलहिया बस्ने ५५ वर्षीय इलताफ अली शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर