Aamsanchar

मिलन ओलीको नेतृत्वमा इक्यान झापाको नयाँ समिति चयन

Author Image
शनिवार, पौष १०, २०७८

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको अध्यक्षमा मिलन ओली सर्वसम्मत रुपमा चयन भएका छन् ।
इक्यान झापाको शनिबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेशनले निर्वमान अध्यक्ष सुमान शर्मा जम्मरकट्टेल, उपाध्यक्षमा मदन बुढाथोकी, सचिवमा राजकुमार कार्की र कोषध्यक्षमा अशोक भण्डारी सर्वसम्मत रुपमा चयन भएका हुन् ।
समितिको सदस्यहरुमा अग्निप्रसाद सापकोटा, रोशन सुवेदी, दिपक बाँस्तोला र चुडामणी प्रसाई सर्वसम्मत रुपमा चयन भएका हुन् । दुई वर्षे कार्यका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको बताइएको छ ।
यसैबीच शिक्षा क्षेत्रको नीतिगत सुधार भएमा विदेशबाट पनि अध्ययनका लागि विद्यार्थी नेपाल आउने नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको दोस्रो बार्षिक साधारणसभामा बोल्दै उनले शैक्षिक परामर्शदाताहरुले विश्वविद्यालयहरुसँग समन्वय र आवश्यक परामर्श दिने गरेको बताए । त्यस्तै इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्शदाताहरु पछिल्लो समय उत्पन्न विश्वव्यापी कोरोना भाइरसका कारण समस्यामा परेको उल्लेख गरे ।
इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रीय द्वितीय उपाध्यक्ष शेसराज भट्टराई, सचिव बाशुदेव दाहाल, पुष्पराज भट्टराई, आर्यन उप्रेती, खड्ग ताम्लिङ लिम्बू, धर्मेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

इक्यानको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । इक्यान झापाका उपाध्यक्ष मिलन ओलीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश अध्यक्ष जमरकट्टेलले पारेका थिए भने कार्यक्रमको सञ्चालन सचिव मदन बुढाथोकीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)