Aamsanchar

प्रधानमन्त्रीकप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई, प्रदेश १ पराजित

Author Image
आइतवार, पौष ११, २०७८

काठमाडौं : विभागीय टिम एपिएफले प्रधानमन्त्रीकप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार धनगढीमा भएको फाइनलमा प्रदेश एकलाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधि जितेको हो।

फाप्ला क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा विभागीय टिम एपिएफलाई जितका लागि प्रदेश एकले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य एपिएफले ३४ बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गर्‍यो।

एपिएफको जितमा ममता चौधरी र ज्योति पाण्डेले राम्रो अविजित प्रदर्शन गरेका थिए। ज्योतिले ३९ बलमा ३६ रन बनाएर अविजित रहँदा उनलाई ममता चौधरीले २३ बलमा १९ रन बनाएर साथ दिएकी थिइन्।

यी दुईबीच चौथो विकेटका लागि ३३ रनको साझेदारी भएको थियो। त्यसअघि ओपनर इन्दु वर्मा ५ रनमानै आउट हुँदा राजमती ऐरी भने शून्य रनमानै आउट भइन् त्यस्तै रोमा थापा पनि ४ रनमा नै आउट भए पनि पाण्डे र चौधरीले एपिएफलाई सहज जित दिलाए। प्रदेश एकका लागि सबै तीन विकेट कप्तान रुविना क्षेत्रीले लिएकी थिइन्।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो। प्रदेश एकका लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकाको सहयोगमा ३४ रन बनाउँदा थप दोहोरो रनको स्कोरका रुपमा अप्सरी बेगमको ११ रन रन रह्यो। उसका अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। पुरा ओभर खेले पनि कुनै पनि ब्याटरले बिस्फोटक ब्याटिङ गर्न नसक्दा कमजोर योगफलमा समेटिन प्रदेश एक बाध्य भयो।

एपिएफका लागि सिता रानामगरले ३ विकेट लिंदा रेखा रावलले २ विकेट लिएकी थिइन्। त्यस्तै करुणा भण्डारीको नाममा १ विकेट रह्यो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर