Aamsanchar

देशभर थप २ सय ६४ जना कोरोना पुष्टि

Author Image
मङ्गलवार, पौष १३, २०७८

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ६४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ५ सय ६६ जनामा गरिएको परिक्षणमा २ सय ६४ जना संक्रमित थपिएका हुन्।

आज २ जना संक्रमितको मृत्यु भएको छ। आज २ सय ६० जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९ सय १० जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै आज  २ लाख ८३ हजार २ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर