Aamsanchar

प्रदेश १ कोरोना अपडेट

Author Image
बुधवार, पौष १४, २०७८


विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ ।

३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ३–३ र सुनसरीमा २ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा र झापाको विर्तामोडमा ३–३, सुनसरीको दुहवी र धरानमा १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १०९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर