Aamsanchar

काठमाडौंमा रातको समयमा चोरी गर्दै हिँड्ने समूहका ६ जना पक्राउ

Author Image
बुधवार, पौष १४, २०७८

काठमाडौं । रातिको समयमा ट्याक्सी प्रयोग गरेर विभिन्न सहकारी र कारखानामा चोरी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले पुस १२ गते साँझ काठमाडौं महानगरपालिका(१२ बुद्धनगरबाट चोरी गरेका सामान र ती सामान खरीद गर्ने कवाडी पसल सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई टोखा बस्‍ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही घर भई टोखा बस्‍ने ३३ वर्षीय रामपुनित महतो र २६ वर्षका रामविश्वास महतो, नुवाकोट घर भई गोंगबु बस्‍ने ३६ वर्षीय राम बाघदास र भारत मोतिहारी घर भइ हाल टेकुमा कवाडी पसल सञ्‍चालन गर्दै आइरहेका ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ९।५ किलोग्राम पित्तलको तारका क्वाइलहरु बरामद गरेको छ । चोरीका सामानसहित पक्राउ परेका उनीहरुमाथि थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

अपराध महाशाखाका अनुसार उनीहरुले चन्द्रागिरी नगरपालिका(३ थानकोटस्थित बिशाल प्लाष्टोक्याब ई। प्रालिको कारखानाबाट करिब १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको कल साइजर चोरेको अनुसन्धानबाट खुलेको छ ।

 

Views: 319

प्रतिक्रिया (०)

सम्बन्धित खबर