Aamsanchar

झापामा अस्थाई बाल आश्रयस्थल स्थापनाको प्रस्थाव, बुद्धशान्तिले १० कठ्ठा जमिन दिने प्रतिवद्धता

Author Image
बिहिवार, पौष १५, २०७८

बिर्तामोड । सडक तथा असाहय बालबालिकाहरुलाई अल्पकालिन आश्रयदिने उदेश्यले झापामा अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) आवश्यकता र व्यवस्थापनको लागि प्रस्थाव भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यलय झापामा भएको महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण ‘बालबालिकाको आत्महत्याबाट हुने मृत्यु, समस्या र समाधान, अस्थायी आश्रयस्थल स्थापना र सञ्चालन सम्बन्धी अवधारण–पत्र प्रस्तुत र छलफल कार्यक्रमम अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) आवश्यकता र व्यवस्थापनको लागि प्रस्थाव भएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा झापामा रहेका १५ वटा स्थानिय निकायका प्रमुख तथा प्रतिनिधी, जिल्लाका प्रहरी प्रमुख, अनारमनी र काँकडभिट्टा इलाका प्रमुख,  हरुबिच भएको छलफलमा त्रिदेव बहुमुखी क्याम्पस, चारआलीकी सह–प्राध्यापक साबित्रा दहाल भट्टराईले बालबालिकाको आत्महत्याबाट हुने मृत्युः समस्या र समाधान, त्यसैगरी अधिवक्ता तथा समुन्नत नेपालकी संयोजक कोपिला बस्नेतबाट अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) : आवश्यकता र व्यवस्थानपनको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यपत्र प्रस्तु गर्दै सह–प्राध्यापक सावित्रा दाहाल ।

प्रस्तुत कार्यपत्रमा बालक र बालिकाको लागि छुट्टा छुट्टै अस्थायी सुरक्षणकेन्द्रको स्थापना गर्ने, मनोपरामर्शको सेवा उपलब्ध गराउने, बालबालिकालाई शारिरिक, मानसिक, भौतिक रुपमा यथास्थितीमा पूर्णस्थापित गर्ने, बालबालिकाहरुलाई अभिभाकत्वको अनुभूती गराउने, बालबालिकाहरुको कानून प्रद्त्त आधारभूत र सुरक्षा सम्वन्धी कानुनी व्यवस्थाको ग्यारेन्टी गर्ने, युवा अवस्थाका हरेक नागरिकले समाजमा स्वयमसेवकको रुपमा समय दिनु पर्ने, बालबालिकाहरुलाई उनिहरुको अधिकार र बालहिंसाको विषयमा विस्तृत जानकारी गराउने, बालबालिका हिंसामा परेमा न्यायको लागि सम्वन्धित निकायमा जाने प्रक्रियाका बारेमा जानकारी गराउने, प्रत्येक स्थानिय निकायमा आवस्यकता अनुसारको व्यवस्थित बाल उद्यम संचालन गरी बालबालिकालाई नैतिक शिक्षा, संस्कार र संस्कृति तथा आवस्यक समाज उपयोगी सकारात्मक शिक्षा प्रदान गर्ने, बालबासलकालाई सामाजिक संजालको प्रयोगमा रोक लगाउने , जोखिममा परेका बालबालिकाको सर्वोतम हित संरक्षणको लागि अल्पकालिन सुरक्षण घरको स्थापना र संचालन गर्ने लगायका विषयहरु उठान गरिएको छ ।

कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता, समुन्नत नेपाल संयोजक कोपिला बस्नेत ।

छफफलकै क्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले पुरानो टिमाई शिवर भएको ठाउँमा १० कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धाता जनाएका थिए । भुजेलको प्रतिवद्धतालाई स्वागत गर्दै अन्य पालिका प्रमुख तथा प्रतिनिधीहरुले आफ्नो तर्फवाट आवश्यक सहयोग रहने बचन दिएका छन् ।

छलफमा जिल्ला बार, भद्रपुर बालक्लव, त्रिदेव बहुमुखी क्याम्पस,जिल्ला शिक्षा समन्वय इकाई लगायतका संस्थाबाट प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्ररम्भिक अवस्थामा यस केन्द्रमा राखेर उनीहरुको ऐतिहासिक पृष्ठभूमि, अवस्था र घर छोड्नुको कारण विशेषज्ञको परामर्स सहयोगमा पत्ता लगाई पुनः उनीहरुलाई परिवारमा नै पुनस्थापित गर्ने बातावरण र्सिजना गर्न अस्थायी प्रकृतिको सेवामुखी संस्थाको परिकल्पना गरिएको छ । यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी केन्द«ीय तहमा राष्ट्रिय बाल कल्याण परिषद् र जिल्ला तहका जिल्ला बालकल्याण समतिको समन्वय वा प्रदेश र स्थानिय सरकारको अनुमतिमा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही अवस्था बमोजिम हाललाई जिल्ला बाल कल्याण समितिको अगुवाई र समन्वयमा झापाका १५ वटै पालिका र सरोकारवाला निकायहरुको सहकार्यमा अस्थाई आश्रयस्थल स्थापना गर्न पहल सुरु भएको हो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 513

प्रतिक्रिया (०)