

काठमाडौं : महात्मा गान्धीलाई गाली गरेको आरोपमा भारतीय बाबा पक्राउ परेका छन्।

रायपुरका धर्म संसदमा महात्मा गान्धीलाई गाली गरेका कालीचरण बाबालाई आज तड्के रायपुर पुलिसले पक्राउ गरेको हो। कालीचरणलाई मध्य प्रदेशबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
रायपुरका एसपी प्रशान्त अग्रवालका अनुसार बागेश्वर धाम नजिक एक व्यक्तिको घरबाट चार बजे कालीचरणलाई गिरफ्तार गरिएको हो। प्रारम्भिक जाँचपछि प्रहरीले उनीविरुद्ध राजद्रोहको मुद्दा चलाउने तयारी गरेको छ।

रायपुर ‘धर्म संसद’ को एक भिडियो भाइरल भएको थियो जसमा अकोलाका कालीचरणले महात्मा गान्धीलाई गाली गरिरहेका देख्न सकिन्छ। उनले गान्धीलाई अभद्र गाली गर्दै गान्धीको हत्या गर्ने नाथुराम गोडसेको प्रशंशा गरेका थिए।
Views: 212

