Aamsanchar

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने बिषयमा जरोकिलोले नमूना संग्रहको नतिजा सार्वजनिक गर्ने

Author Image
बिहिवार, पौष १५, २०७८

काठमाडौं । श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको तस्वीर नेपालको मुद्रामा अंकित गर्ने सम्बन्धमा मौलिक जरोकिलो पार्टीले देशव्यापी रूपमा गरेको नमूना जनमत संग्रहको परिणाम आगामी पुस २७ गते सार्वजनिक गरिने भएको छ ।

नेपाली मुद्रामा नेपाल एकीकरणका नायक एवं राष्ट्रिय एकताका प्रतीक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न मौलिक जरोकिलो पार्टीले स्थापना कालदेखि माग गर्दै आएको हो । यस वर्ष श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको तीन सयऔँ जन्म जयन्तीको अवसर पारेर उहाँको तस्वीर नेपालको मुद्रामा अंकित गर्ने मागलाई अझ जोडदार रुपमा उठाउन पार्टीेले कात्तिकदेखि विविध कार्यक्रमहरुको घोषणा गरेको थियो ।

‘चाहे गणतन्त्रवादी होस् वा राजतन्त्रवादी, पृथ्वीनारायण शाह सबैका साझा हुनुहुन्छ । आउँदो पुस २७ गते पृथ्वीजयन्ती तीन सय वर्ष पुग्दैछ । यसै अवसर पारेर सरकारले पृथ्वीनारायण शाहको तस्वीर अंकित मुद्रा प्रचलनमा ल्याउने निर्णय गर्नुपर्छ ।’ पार्टीका अध्यक्ष सुशील गौतमले बताउनुभयो ।

स–साना भुरे टाकुरे राज्यहरूमा विभाजित नेपाललाई एकीकरण गरेर स्वतन्त्र, स्वाधीन एवं सार्वभौमसत्तासम्पन्न नेपालको भू–राजनीतिक–वैधानिकतालाई अविच्छिन्न राख्न योगदान पुर्याउनुभएका श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सम्मान स्वरूप नेपाली मुद्रामा उहाँको तस्वीर अंकित गर्न पार्टीले स्थापनाकालदेखि माग गर्दै आएको जनाएको छ ।

Views: 355

प्रतिक्रिया (०)

सम्बन्धित खबर