Aamsanchar

मोरङबाट खैरो हिरोईनसहित २ जना पक्राउ

Author Image
शुक्रवार, पौष १६, २०७८

मोरङ- मोरङको बिराटनगर-१४ स्थितबाट प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-९ का २२ बर्षिय निसान चौधरी र इटहरी-१२ का २८ बर्षिय दिवश तामाङ रहेका छन् ।
हिजो राती ९ बजे सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ११८७ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो । खैरो हिरोईन फेला परे सगै मोटर साईकल चलाक दिवश तामाङ सहित दुवै जनालाई पक्राउ गरी प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर