Aamsanchar

अमेरिकाको कोलोराडोमा डढेलो, ३० हजार मानिसलाई घर छोड्न आग्रह

Author Image
शुक्रवार, पौष १६, २०७८

कोलोराडो –अमेरिकाको कोलोराडोमा डढेलो फैलिएपछि दशौँ हजार मानिसलाई उद्धार गरिएको छ । सैयौँ घर जलेर नष्ट भएका छन् । डढेलो तीव्र गतिमा फैलिरहेको र मानिसहरू हताहती र घाइते हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।

त्यहाँका केही सहरका झण्डै ३० हजार मानिसलाई घर छोड्न आग्रह गरिएको थियो । विभिन्न स्थानका झण्डै ६ सय घर जलेर नष्ट भएका अधिकारीहरूले बताएका छन् ।

यसैबीच, डढेलो फैलिएपछि त्यहाँका गर्भनरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । एक सय पाँच माइल प्रतिघण्टाको गतिमा रहेको हावाले ऐतिहासिक खडेरी भएको क्षेत्रमा आगोका ज्वालाहरू फैलाइरहेको छ । बीबीसी

Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर