Aamsanchar

देशभर थप २ सय ३५ जनामा कोरोना

Author Image
शुक्रवार, पौष १६, २०७८

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ३५ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ९ हजार ८४ जनामा गरिएको परीक्षणमा २ सय  ३५ जना संक्रमित थपिएका हुन्। आज ४ जना संक्रमितको मृत्यु भएको छ।

आज २ सय १२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार ८ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै गत २४ घण्टामा देशभर एक लाख ३९ हजार १ सय ५२ जनाले कोरोना विरुद्धको  खोप लगाएका मन्त्रालयले जनाएको छ।

Views: 665

प्रतिक्रिया (०)

सम्बन्धित खबर