Aamsanchar

नेकपा एसको इटहरी ४ नं वडा कमिटी अध्यक्षमा झलक बन चयन

Author Image
आइतवार, पौष १८, २०७८

इटहरी । सुनसरीको इटहरीमा नेकपा एकिकृत समाजवादीले झलक बनको अध्यक्षतामा १ सय १ सदस्य रहेको ४ नं वडा कमिटी गठन गरेको छ ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस भन्ने नाराका साथ संगठन विस्तार अभियानलाई अगाडी बढाएको नेकपा एसले विभिन्न वडाका कमिटी गठन गरेको हो ।

नेकपा एसका इटहरी अध्यक्ष गणेश बुढाथोकीका अनुसार जुझारु एव जागरुक संगठकहरु रहेको वडा कमिटीको अध्यक्षमा झलक बन, उपाध्यक्षमा शकुन्तला बराइली, उमेश चौहान सचिवमा शिवराज परियार उप–सचिवमा अर्जुन गिरी र दिपक कटुवाल रहेका छन ।

नवगठित वडा कमिटीका अध्यक्ष झलक बनले ४ नं वडामा नेकपा एसका १ हजार संगठित सदस्यसहित विभिन्न जनसंगठनका कमिटी निमार्ण गरि आगामी स्थानिय तहको निर्वाचनमा कमल चिन्ह् लिएका उम्मेदवारलाई जनप्रतिनिधिका रुपमा वडामा विजयी बनाउने गरि संगठन निमार्ण गरिने बताए ।

कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य केशव विष्ट, सल्लाहकार रमेश विष्ट, प्रदेश सदस्य डा दिवाकर रेग्मी, तारा पोखरेल, जिल्ला उपसचिव राजेश भण्डारी, नगर इन्चार्ज केवल फुयाल, नगर अध्यक्ष गणेश बुढाथोकीलगायतको सहभागीता रहेको थियो ।

इनरुवा । नेपाली काग्रेस सुनसरीका नेता तथा शिक्षक गंगाराम मण्डल नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।

नेकपा एस निकट अनेरास्ववियूको प्रदेश एकको अधिवेशन उद्घाटन समारोहमा मण्डललाई नेकपा एसका अध्यक्ष तथा पुर्वप्रधानन्त्री माधवकुमार नेपालले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन ।

इनरुवा ८ डुम्राहाका मण्डललाई प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेकपा एसका पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, सुष्मा राई, जिल्ला अध्यक्ष गोविन्द निरौला लगायतले अविर खादा लगाउदै स्वागत गरेका थिए ।

सस्थागत विद्यालयको सस्थाँ प्याब्सन इनरुवाका सचिवसमेत रहेका हरिकुल एकेडेमीका प्रिन्सीपल गंगाराम मण्डलले नेपाली काग्रेस विचार सिद्धान्त भन्दा व्यत्तीवादी पार्टीका रुपमा चल्ने गरेकाले काग्रेस पत्यिाग गरेको बताए ।

नेकपा एसमा प्रवेश कार्यक्रममा मण्डलले भने नेकपा एसका नेता कार्यकर्ताहरु इमान्दार र विचार सिद्धान्त स्पष्ट भई विधि मुल्य मान्यता अनुसार पार्टी संचालनमा लागेकाले यही पार्टीमा प्रवेश गरि जिवनभरी राजनिति गर्ने बताए ।

सोही कार्यक्रममा सुनसरी जिल्लाका अन्य पालिकाहरुबाट विभिन्न दलका १ सय जना नेता कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेका थिए ।

Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर