

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । लिग अन्तर्गत आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् ।

खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ । आज दुवै टोली तेस्रो जितको खोजीमा हुनेछन् ।

सातदोबाटो ६ खेलमा ८ अङ्क जोडेर सातौँ स्थानमा छ भने शेर्पा ८ अङ्क जोडेर आठौँ स्थानमा छ ।

Views: 74

