Aamsanchar

हिकभिजनद्वारा बिर्तामोडको तेजस्वी कम्प्युटर सपोर्टका घिमिरे सम्मानित

Author Image
मङ्गलवार, पौष २०, २०७८

फोटो: कृष्णप्रसाद घिमिरेको फेसबुकबाट ।

बिर्तामोड । विगत ५ बर्ष देखि झापाको बिर्तामोडमा कम्पूटर र सिसी टिभी क्यामरा सम्बन्धी कारोबार गर्दै आएकोे तेजस्वी कम्प्युटर सपोर्ट हिकभिजनका उत्पादनहरुको बिक्रेताहरुमध्ये नेपाल दोस्रो भएको छ ।

नेपालका लागि म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिको आधिकारिक बिक्रेता भई हिकभिजनका उत्पादनहरुको बिक्री एवम् सेवा प्रदान गर्दै आएको तेजस्वीले सन् २०२० को लागि नेपाल दोस्रो भएको हिजो विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा हिकभिजन मुख्यालयका टेक्निकल इन्जिनियर सुप्रिम कोइरालाले बताए ।
सोमबार दिउसो बिर्तामोडको किंंसवेरी होटलमा आयोजित पार्टनर्स मिट कार्यक्रममाझ तेजस्वीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेलाई सेल्स अवार्ड प्रदान गरिएको इन्जिनियर कोइरालाले बताए ।

हिकभिजनको दोस्रो अवार्ड लिन सफल भएका तेजस्वीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे भन्छन ‘हिकभिजनका उत्पादन सुविधायुक्त र गुणस्तरिय भएकालेनै झापामा राम्रो माग रहन भयो । आउदो बर्ष यो कम्पनीको उत्पादनको माग अझ बढेर जाने विश्वास लिएको छु ।’

हिकभिजनको उत्पादनका सिसी टिभीमा के कस्ता नयाँ फिचरर्स रहेको छ भन्ने जिज्ञाषामा इन्जिनियर सुप्रिम कोइरालाको भनाई अनुसार ‘ट्राफिक प्रहरीलाई अनुसन्धान गर्न सजिलो हुने कटोमेटिक सवारी संख्या गणना हुने, नंम्बर प्लेटको फोटो खिच्ने, रातीको समयमा पनि रंगिन भिडियो फोटो खिच्ने, अफिस घर टोलको सुरक्षाको लागि थर्मल क्यामरा आउने व्यक्तिको ज्वरो नाम्ने र तुरुन्त जानकारी दिने, मास्क नलगाई आएमा मास्क लगाउन क्यारमराले आवाजद्वारा मास्क लगाउन आग्रह गर्ने, पानीझरी र धुलोले लेन्सको सिसा फोहोर हुदाँ आफै सफा गर्ने वाईफर सहितको सिसी टिभी नयाँ फिचर हुन् । अझै धेरै विशेष्ताहरु रहेको छ ।’

एक बर्ष ग्यारेन्टी सहित सन् २००१ देखि हिकभिजनले आफ्ना उत्पादनहरु विश्व बजारमा पुर्याउन थालेको थियो, हाल १ सय ५० देशमा बजार विस्तार भईसकेको, नेपालमा सन् २००६ देखि हिकभिजनको उत्पादनहरु उपलब्ध हुदै आएको छ । विश्वको चारवटा देशहरु चाईना, भारत,ब्राजिल र यूकेमा हिकभिजनका उद्योग रहेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1961

प्रतिक्रिया (०)