Aamsanchar

मौसमबारे जानकारी

Author Image
बुधवार, पौष २१, २०७८

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।

बुधबार देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१