Aamsanchar

मोदीलाई कालो झण्डा देखाउने महिलामाथी गोली प्रहार

Author Image
बुधवार, पौष २१, २०७८

एजेन्सी । युपीको सुल्तानपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका छन् ।

गोली उनको खुट्टामा लाग्यो । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ । सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन् ।

रिता यादवले मिडियालाई दिएको बयानमा भनेकी छिन्, ‘म पोस्टर बनाउन सुल्तानपुर गएकी थिएँ, त्यहाँबाट घर गइरहेकी थिएँ । त्यति नै बेला हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर मेरो बोलेरोलाई रोके र गाली गर्दै मार्ने धम्की दिए ।’

‘मेरो ड्राइभरको कन्चटमा बन्दु राखियो । यसो गर्दा जब मैले एकजनालाई चड्कन हिर्काएँ तब उनीहरुले मलाई गोली हाने । गोली मेरो खुट्टामा लाग्यो र त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’

१६ नोभेम्बरमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेस–वे लोकार्पण गरेर जिल्लाको कुरेभारस्थित अरवल किरीमा सभा गरिरहेका थिए, त्यतिबेला रिता यादवले उनलाई कालो झण्डा देखाएकी थिईन् । प्रहरीले उनलाई पक्राउ गरेर जेल पठाएको थियो र दुई दिनपछि उनलाई जमानत दिईएको थियो।

घटनाको एक महिनापछि सम्म उनी पार्टीमा रहिन् तर सम्मान नपाएका कारण उनी १७ डिसेम्बरमा लखनउमा कांग्रेसमा समावेश भएकी थिईन् ।

Views: 473

प्रतिक्रिया (०)

सम्बन्धित खबर