Aamsanchar

मेचीनगरमा आगो निभाउदा १ को मृत्यु १२ जना घाईते

Author Image
बिहिवार, पौष २२, २०७८

मेचीनगर । मेचीनगर । झापाको मेचीनगर नगरपालिका– ७ मा सिलिण्डर ग्यास विष्फोट सँगै भएको आगलागीमा १ जनाको मृत्यु भएको छ । आगलागीका कारण घाइते हुनेको संख्या १२ पुगेको छ । गएराति करिब साढे ९ बजेको समयमा भएको आगलागीमा मेचीनगर ८ बस्ते ४५ बर्षिय सारद राजवंशीको मृत्यु भएको हो ।

पिपल चोक बस्ने केशब पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चि घरमा जिल्ला रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएकोमा घरमा कोहि नभएको अवस्थामा अचानक आगोलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्कन गई राजवंशीको मृत्यु भएको जिल्ल प्रहरी झापाले जनाएको छ ।

घरमा कोही नभएको समयमा आगलागी र सिलिण्डर विष्फोट हुँदा लाखौं मुल्यको सामाग्री ध्वस्त भएको छ ।

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर