Aamsanchar

रसायन उद्योगबाट ग्यास चुहावट हुँदा गुजरातमा ६ मजदुरको मृत्यु, २० भन्दा बढी बिरामी

Author Image
बिहिवार, पौष २२, २०७८

गुजरात : भारतको गुजरातस्थित सुरतमा रसायन उद्योगबाट विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ । बिहीबार बिहानै सो उद्योगबाट ग्यास चुहावट हुँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको हो ।

ग्यास चुहावटका कारण अन्य २० भन्दा बढी मानिस बिरामी परेका छन् । बिरामीहरुको नजिकैको सुरत सिभिल अस्पतालमा उपचार भइरहेको भारतीय मिडियामा खबर छ ।

इन्डियन एक्सप्रेसकाअनुसार बिहीबार बिहान सचिन औद्योगिक क्षेत्रमा रसायन ट्यांकरबाट विषाक्त ग्यास चुहिएको थियो । सो ग्यास चुहावटपछि सो क्षेत्रमा कार्यरत मजदुरहरुको निस्सासिएर मृत्यु भएको हो ।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर