Aamsanchar

‘पब्जी’ खेलबाट साथी बनेका युवक–युवती बौद्धमा कोठाभित्रै मृत फेला

Author Image
शुक्रवार, पौष २३, २०७८

काठमाडौं महानगरपालिका–६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक–युवतीको कोठामै मृत फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी सुदिप गिरीका अनुसार बिहीबार राती संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राईको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको पाइएको प्रहरीले बताएको छ । बिहीबार साँझ जिमीकी आमासँगै खाना खाएर आफ्नो कोठामा बसेका उनीहरुबीच केरकसरी घटना घट्यो भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए । ‘कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी आमाले ढोका खोलेर हेर्दा घटना घटेको पाइएपछि प्रहरीलाई खबर आएको हो,’ उनले भने ।

घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ । घटनास्थलबाट धारिलो हतियार बरामद गरेको जनाएको छ ।

Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर